परीक्षाको उद्देश्य र फाइदा
試験の目的とメリット

उद्देश्य
目的

जापानको कृषि फार्महरूमा श्रमिकको अत्यन्तै अभाव भइरहेको छ। तसर्थ जापानको कृषि फार्महरूमा सक्रिय भूमिका खेल्न सक्ने विदेशी मानव संसाधनलाई श्रम शक्तिको रूपमा जापानमा भित्र्याउने नयाँ कार्य ढाँचाको रूपमा नयाँ बसोवास योग्यता “निर्दिष्ट सीप” को स्थापना गरिएको छ।

जापानको कृषिलाई कायम राख्ने र कृषि क्षेत्रको विकासलाई धान्ने प्रणालीको रूपमा विदेशी प्राविधिक प्रशिक्षार्थी प्रणालीका साथसाथै यस प्रणालीप्रतिको आशा पनि बढिरहेको छ। यस प्रणाली मार्फत विदेशी नागरिकले जापानको कृषि फार्महरूमा काम गर्नको लागि, जापान सरकारले कानुनद्वारा तोकेको कृषि सम्बन्धी ज्ञान, सीप जस्ता आवश्यकताहरू पूरा गर्नुपर्ने हुन्छ।

त्यसको लागि कृषि, वन र मत्स्यपालन मन्त्रालयको सहयोगमा राष्ट्रिय कृषि परिषद्ले आर्थिक वर्ष 2019 देखि, जापान प्रवेश अघि नै विदेशी नागरिकको कृषि आदिसँग सम्बन्धित ज्ञान तथा सीपको जाँच तथा मूल्याङ्कन गर्ने परीक्षा (कृषि सीप मूल्याङ्कन परीक्षा) सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यसैगरि, “कृषि खेती” र “पशुपालन कृषि” गरी 2 प्रकारका परीक्षाहरू सञ्चालन गरिनेछ। यी 2 प्रकारका परीक्षाहरूमा, कृषि फार्महरूमा आवश्यक जापानी भाषाको प्रवीणता छ वा छैन निश्चय तथा मूल्याङ्कन गर्नको लागि तयार गरिएका परीक्षा प्रश्नहरू पनि समावेश हुनेछन्।

फाइदा
メリット

यो परीक्षामा उत्तीर्ण भएमा, जापानमा काम गर्नको लागि आवश्यक “कृषिसँग सम्बन्धित पर्याप्त स्तरको ज्ञान अथवा अनुभव आवश्यक पर्ने सीप भएको व्यक्ति” को रूपमा मान्यता दिइनेछ। ती आवश्यकताको रूपरेखा, “■यस प्रणालीका आवश्यकताहरू” मा संग्रह गरिएको छ। साथै, यस प्रणाली मार्फत वास्तविक रूपमा जापानमा काम गर्नको लागि, उचित जापान भित्र्याउने निकायमा रोजगार प्राप्त गर्नु आवश्यक हुनेछ।

साथै, यस प्रणाली मार्फत वास्तविक रूपमा जापानमा काम गर्नको लागि, उचित जापान भित्र्याउने निकायमा रोजगार प्राप्त गर्नु आवश्यक हुनेछ।