जापानमा सञ्चालन गरिने परीक्षाको बारेमा
日本国内での試験の実施について

निर्दिष्ट सीप प्रणालीमा “कृषि खेती” र “पशुपालन कृषि” को पेसामा संलग्न हुन सकिनेछ। जापानमा बसोवास गरिरहेको अवधिमा “कृषि खेती” मा संलग्न व्यक्ति “पशुपालन कृषि” मा संलग्न हुन चाहेको खण्डमा, अथवा “पशुपालन कृषि” मा संलग्न व्यक्ति “कृषि खेती” मा संलग्न हुन चाहेको खण्डमा, संलग्न हुन चाहेको नयाँ पेसाको परीक्षा जापानमा नै दिन सकिनेछ।

कुनै बसोवास योग्यता भई जापानमा बसोबास गर्ने व्यक्तिले यी परीक्षाहरू दिएमा, उक्त बसोबास योग्यतालाई निर्दिष्ट सीपमा परिवर्तन गर्न पनि सकिन्छ।

विस्तृत जानकारीको लागि तलको “परीक्षा सञ्चालन सम्बन्धी मुख्य बुँदाहरू” हेर्नुहोस्।

परीक्षा सञ्चालन सम्बन्धी मुख्य बुँदाहरू

<परीक्षा दिन सकिने भाषाहरू>
1. जापानी भाषा
2. अङ्ग्रेजी भाषा
3. कम्बोडियाली भाषा
4. इन्डोनेशियाली भाषा
5. बर्मेली (म्यानमार) भाषा
6. थाई भाषा
7. भियतनामी भाषा
8. नेपाली भाषा
9. मङ्गोलियन भाषा
10. चिनियाँ भाषा