विदेशमा सञ्चालन गरिने परीक्षा
海外での試験

देश पिच्छेको परीक्षा सञ्चालन र त्यसको समयावधि
試験の実施予定国と実施時期

  • देश पिच्छेको परीक्षा सञ्चालन
    • (1)परीक्षा सञ्चालन हुने देशहरू
      ①फिलिपिन्स, ②इन्डोनेशिया, ③कम्बोडिया, ④थाइल्याण्ड, ⑤म्यानमार, ⑥नेपाल, ⑦मङ्गोलिया
      (2)परीक्षा सञ्चालनको आयोजना रहेका देशहरू
       ①चीन, ②भियतनाम
  • परीक्षा सञ्चालन गरिने स्थान
    • परीक्षा सञ्चालन हुने देशको राजधानी आदिमा परीक्षा लिन सकिन्छ।
  • परीक्षा सञ्चालन गरिने समयावधि
    • परीक्षा सञ्चालन हुने समयावधि निर्धारित भएपछि टप-पेजको “सूचनाहरू” कर्नरमा जानकारी गराइनेछ। साथै देश पिच्छेको परीक्षा बारे जानकारीमा “परीक्षा गाइड” आउनेछ। विस्तृत जानकारीा देश पिच्छेको परीक्षा बारे जानकारीमा आउनेछ ।

परीक्षामा प्रयोग गरिने भाषाको बारेमा

परीक्षा सञ्चालन राष्ट्रको आधिकारिक भाषा र अंग्रेजी भाषामा “कृषि खेती” र “पशुपालन कृषि” सँग सम्बन्धित ज्ञान तथा सीप निश्चय गर्ने परीक्षा तयार गरी, परीक्षा सञ्चालन गरिनेछ। यद्यपि, जापानी भाषाको प्रवीणता निश्चय तथा मूल्याङ्कन गर्ने परीक्षाको प्रश्नहरू भने जापानी भाषामा हुनेछन्।

<परीक्षा लिन सकिने भाषाहरू>
1. जापानी भाषा
2. अङ्ग्रेजी भाषा
3. कम्बोडियन भाषा
4. इन्डोनेशियाई भाषा
5. बर्मी (म्यानमारी) भाषा
6. थाई भाषा
7. भियतनामी भाषा
8. नेपाली भाषा
9. मङ्गोलियन भाषा
10. चिनियाँ भाषा